२१ कार्तिक २०८३, शनिबार

त्रियुगामा एमालेका केन्द्रीय सदस्य मेयरको उमेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २७ जेठ । उदयपुर एमालेले जिल्लाका सबै तहका उमेदवारहरू सार्वजानिक गरेको छ । शुक्रबार जिल्लाका ८ वटै स्थानीय तहमा घोषणासभाको आयोजना गरी उमेदवार सार्वजानिक गरेको हो ।

एमालेले सदरमुकाम गाईघाटमा घोषणा सभाको आयोजना गरिएको हो । घोषणासभा अघि एमालेले उमेदवारलाई गाईघाट बजारमा घुमाएको थियो ।

त्रियुगा नगरपालिकामा एमालेले केन्द्रीय सदस्य बलदेव चौधरीलाई मेयर र जिल्ला कमिटी सदस्य सृजना दनुवारलाई उपमेयरको उमेदवार बनाएको छ ।

त्यसैगरी बेलका नगरपालिकाको मेयरमा जिल्ला कमिटी सचिवालय सदस्य दुर्गाकुमार थापा (स्वस्ती) र उपमेयरमा राजकुमारी चौधरी, चौदण्डीगढी नगरपालिकाको मेयरमा जिल्ला कमिटी सदस्य नरेन्द्रबहादुर राउत (कमल) र पउपमेयरमा पूर्व सदस्य कान्ता राई, कटारी नगरपालिकाको मेयरमा जिल्ला कमिटी उपसचिब ज्ञानेन्द्र श्रेष्ठ (काजी) र उपमेयरमा प्रदेश कमिटी सदस्य भीमकुमारी राउतलाई उमेदवार बनाएको छ ।

उदयपुरको पुरानो सदरमुकामा रहेको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा मानबहादुर मगर (मोहन) र उपाध्यक्षमा सानु राउत, रौतामाई गाउँपालिकामा क्षेत्रीय अध्यक्ष गजेन्द्रबहादुर खड्का र उपाध्यक्षमा कुमारी ठकुरी, ताप्ली गाउँपालिकाको अध्यक्षमा उद्धवसिंह थापा र उपाध्यक्षमा कमला राई, सुनकोशी गाउँपालिकाको अध्यक्षमा भलबहादुर राई र उपाध्यक्षमा लक्ष्मी कार्कीलाई उमेदवार बनाएको हो ।

जिल्लामा ८ स्थानीय तहमा ७५ वटा वडा रहेकाछन् । सबै तहका वडा सम्मका उमेदवार तय गरिसकिएको एमाले अध्यक्ष इश्वरमणि राउतले जानकारी दिनुभयो । प्रतिष्ठाको बिषय बनेको त्रियुगा नगरपालिकाको १ नम्बरमा नारायण ढकाल, २ मा घमानसिंह खत्री, ३ मा अवधेश चौधरी, ४ मा सुवास निरौला, ५ मा नेत्र कार्की, ६ मा नरबहादुर खड्का, ७ मा गण्ेश मगर, ८ मा इश्वर खड्का रहेकाछन् ।

१६ वटा वडा रहेको त्रियुगा नगरपालिकाकाको वडानं ९ मा लालबहादुर दनुवार, १० मा हेम मगर, ११ मा विश्वराज भट्टराई, १२ मा जयविक्रम राई, १३ मा पशुपति चौधरी, १४ मा डिल्लिशेर राई, १५ मा विनु सुवेदी र १६ मा उपेन्द्र तामाङ रहेको अध्यक्ष राउतले जानकारी दिनुभयो ।