भैरहवा, २७ जेठ । भैरहवामा सञ्चालित निजी विद्यालय सञ्चालक तथा प्राचार्यहरुले उमेदवारहरुसंग अन्तरक्रिया गर्दै भैरहवालाई शैक्षिक हबको रुपमा विकास गर्न सुझाब दिए ।
प्राचार्यहरुले रुपन्देहीको सबालमा सरकारी तथा निजी दुबै विद्यालयको सुत्रपात गर्ने भैरहवा क्षेत्रमा विद्यालयप्रति अविभावकहरुको विश्वास कायम गर्न उमेदवारहले पनि सहयोग गर्नुपर्ने धारणा राखे । बसन्तपुर माबि सामुदायीक तर्फ र लुम्बिनी शिसु सदन संस्थागततर्फ रुपन्देहीमा खोलिएका पहिलो विद्यालय हुन् ।
एमालेका तर्फबाट मेयर पदका प्रत्यासी हरिप्रसाद अधिकारीले भने, ‘शिक्षा क्षेत्रको व्यवस्थापनको जिम्मेवारी पनि अब स्थानीय तहमा आउने भएको छ । म प्रतिबद्धतता जाहेर गर्दछु की, भैरहवालाई शैक्षिक हबको रुपमा स्थापीत गर्न विशेष पहल हुनेछ ।’
उपमेयर पदको उमेदवार उमा काफ्लेले दैनिक हजारौ विद्यार्थी बुटवल तथा अन्यत्र गइरहेकोप्रति चिन्ता जनाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नेगरी भैरहवामै शैक्षिक प्रतिष्ठानको व्यवस्थापनमा सघाउने जनाइन् ।
प्याब्सन नेपालका केन्द्रीय सदस्य विष्णु पन्थीले भैरहवा क्षेत्रका अविभावकहरूले विद्यालयले प्रदान गर्ने गुणस्तरीय शिक्षाप्रति राजनीतिक दलले विश्वास व्यक्त गर्नुपर्नेमा जोड दिए । उनले एमालेको नीति र सिद्धान्तले बैज्ञानिक तथा ब्यवहारीक शिक्षामा जोड दिएकोले आसन्न स्थानीय तहको निर्वाचनमा संस्थागत विद्यालयहरूले एमाले उमेदवारको पक्षमा माहौल सृजना गर्ने बताए ।












प्रतिक्रिया