१ कार्तिक २०८३, आइतबार

दल र उम्मेदवारहरूलाई यी कार्य नगर्न निर्वाचन आयोगको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । निर्वाचन आयोगले प्रचार प्रसारका क्रममा टि–सर्ट, टोपी, झाला लगायतका जिन्सी समान वितरण गरेको भन्दै आपत्ति जनाएको छ ।

आयोगले शनिबार विज्ञप्ति जारी गरेर यस्ता समानहरू वितरण गर्दा आचार संहिता उल्लंघन हुने भन्दै दलहरूलाई ती समाग्रीहरू वितरण नगर्न आग्रह गरेको छ ।

‘विभिन्न राजनीतिक दलहरू तथा उम्मेदवारहरूले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला लगायतका जिन्सी समान मतदाताहरूलाई वितरण गरेको भन्ने बुझिन आएको हुँदा त्यस्ता कार्य निर्वाचन आचार संहिता अनुकूल हुने नभएकोले जिन्सी सामान वितरण नगर्न/नगराउन आग्रह गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

‘सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत/प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचार संहिता विपरितका कार्य रोक्न निर्देशन दिने’, आयोगले भनेको छ ।

निर्वाचन प्रचार प्रसारका क्रममा आचार संहिता उल्लंघनका विषयमा उजुरी परेपछि आयोगले यस्तो निर्देशन जारी गरेको हो ।