काठमाडौं, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो राजनीतिक अवस्था र निर्वाचनका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूलाई बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा देउवाले राजपा नेपालका नेताहरूलाई वार्ताका लागि बोलाएको नेता केशव झाले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यूले राजपाका नेताहरूलाई वार्ताका लागि बोलाउनु भएको छ’, नेता झाले भने, ‘हाम्रा मागका विषयमा छलफल गर्न बोलाउनु भएको होला !’
स्थानीय तहको दोसो चरणको निर्वाचन नजिकिएका बेला राजपा नेपालका नेताहरू यथाअवस्थामा निर्वाचनमा जान नसकिने भनिरहेका बेला प्रधानमन्त्री देउवाले राजपा नेपालका नेताहरूलाई बोलाएका हुन् ।















प्रतिक्रिया