१ कार्तिक २०८३, आइतबार

एमालेको स्थायी समिति बैठक बस्दै, निर्वाचनको रणनीति बनाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ ।

काठमाडौंको धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा दिउँसो एक बजे बस्ने स्थायी समिति बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार बैठकमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका बेला टिकट वितरणमा देखिएको विवाद अन्त्यका विषयमा छलफल हुनेछ ।

टिकट वितरणमा केन्द्रले विभेद गरेको भन्दै केही स्थानमा एमालेका स्थानीय नेता तथा कार्यकर्ता रिसाएका छन् ।