काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले निर्वाचनका बेला सबै आकांक्षीहरूले टिकट पाउने अवस्था नहुनेभन्दै पार्टीले जिम्मेवारी दिएको उम्मेदवारलाई विजयी गराउने दायित्व सबैको रहने बताएका छन् ।
काठमाडौंमा शनिबार बिहान आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन भूमिका खेलेका नेता तथा कार्यकर्ताहरूलाई धन्यावाद दिए ।
‘टिकटका लागि धेरै साथीहरूको आकांक्ष हुन्छ’, उनले भने, ‘सबैलाई टिकट दिन सकिँदैन । तर, पार्टीले विश्वास गरेको व्यक्तिलाई जिताउने दायित्व तराई हाम्रो सबैको हो ।’
दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणको काम भइरहेको बताएका नेता सिंहले भने, ‘हामी छलफलमा छौँ । बिहानैदेखि बैठक बसेको छ । जित्ने नेतालाई टिकट दिनुपर्ने दायित्व हामीमा छ ।’ उनले बाँकी रहेका स्थानमा सम्भवत आजै सबैलाई टिकट दिइसकिने बताए ।











प्रतिक्रिया