१ कार्तिक २०८३, आइतबार

कञ्चन यसकारण न्यूयोर्क च्याप्टरको कोअर्डिनेटर बन्न चाहन्छिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाको न्यूयोर्क निवासी कञ्चन बस्नेतले एनआरएन न्यूयोर्क च्याप्टरको महिला कोअर्डिनेटरमा उम्मेदवारी घोषणा गरेकी छिन् । उम्मेदवारी घोषणासँगै बस्नेतले प्रचार प्रसारलाई तीब्रता दिएकी छिन् ।

‘एनआरएन अमेरिकामा महिला नेतृत्वको खाँचो छ’, आफ्नो उम्मेदवारीका विषयमा स्पष्ट पार्दै उनले भनिन्, ‘त्यो खाँचो पूर्ति गर्नका लागि मैले उम्मेदवारी दिएको छु ।’

बस्नेतले अबको एनआरएनमा पादर्शिता, अनुसशान र इमान्दारिता चाहिएको बताइन् । उनले भनिन्, ‘म विजयी भएमा सबै कुराहरू कार्यन्वन गर्न लाग्नेछु ।’

न्यूयोर्कमा हुने अधिकांश कार्यक्रमहरूमा सहभागी हुँदै आएकी बस्नेत डिजिटल वान ट्राभल्समा कार्यरत छिन । उनी लङआइल्यान्ड होस या म्यान ह्यटनमा आबद्ध छिन् । उनले नेपाली कार्यक्रमहरूमा पनि आर्थिक सहयोग गर्दै आएकी छिन् ।