
काठमाडौं, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्री नियुक्तिका लागि सिरफरिस हुन लागेका चार नेतामध्ये बलबहादुर केसीलाई अस्वीकार गरेपछि मन्त्रिपरिषद विस्तारमा ढिलाई हुने भएको छ ।
पार्टी सञ्चालनबारे सभापति देउवाको कडा आलोचना गर्दै आएका केसीको नाम नपठाउन उनले पौडेललाई आग्रह गरेको स्रोतले बताएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
पौडेल पक्षले भने आफ्नो समूहबाट मन्त्री बनाउने नामको टुंगो लागे पनि कुन कुन मन्त्रालय पाउने प्रस्ट नभएसम्म नपठाउने जनाउदिएको छ ।
पौडेलले पठाउने सूचीमा बलबहादुर केसी, महेश आचार्य, रामकृष्ण यादव र सरिता प्रसाईँको नाम रहेको उनी निकटले बताएका छन् ।















प्रतिक्रिया