९ मंसिर २०८३, बुधबार

के हो ‘माखे साङ्लो’को अर्थ ? केपी ओलीले बल्ल गरे ब्याख्या

13.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हुलाकी सडकमा आयोजना गरेको ‘मानव साङ्लो’लाई ‘माखे साङ्लो’ भनेर टिप्पणी गरिएको भन्दै आलोचना भइरहेका बेला एमालेका अध्यक्ष केपी ओलीले अहिले आएर त्यसको ब्याख्या गरेका छन् ।

वरिष्ठ पत्रकार विजयकुमारको दिशानिर्देश कार्यक्रममा ओलीले ‘माखे साङ्लो’ शब्दावली मधेसी मोर्चाले आयोजना गरेको ‘मानव साङ्गो’सँग जोडर नभनेको दाबी गरेका हुन् ।

‘त्यस प्रसंगमा कुरा थिएन । समस्याका बारेमा मैले बोलेको थिएँ । तराईको समस्या एउटा जटिल समस्या भएको छ । ‘माखे साङ्लो’ जस्तो समस्या । जो, जान्यो भने यन्त्र खुल्छ । जानेन भने खुल्दैन । ‘माखे साङ्लो’ भन्ने एउटा यन्त्र हुन्छ । त्यो यन्त्र जान्यो भने खुल्छ । जान्नेले मात्रै खोल्न सक्छ । नजान्नेले खोल्न सक्दैन । जटिल यन्त्र हो त्यो’, ओलीले आफ्नो अन्तर्वार्ताका क्रममा भनेका छन्, ‘यस्तै यो समस्या जान्यो भने त कतै न कतै खुल्छ । तर, नजान्दासम्म खुल्ने भएन । त्यसकारण यसलाई खोल्ने जुत्ति लगाउनुप¥यो मैले भनेको थिएँ । अब हामीलाई ‘माखा’ भन्यो भने । ‘माखा’ र ‘माखे साङ्लो’ भनेको बेग्लै हो ।’

मधेसी मोर्चाले आयोजना गरेको ‘मानव साङ्लो’लाई ‘माखे साङ्लो’ भनेर मधेस र मधेसी जनतालाई होच्याएको भन्दै एमालेका अध्यक्ष ओलीको चर्को आलोचना भएको थियो । अहिले आएर ओलीले ‘माखे साङ्लो’को अर्थ प्रष्ट्याएका छन् ।