९ मंसिर २०८३, बुधबार

एमाले नेता खनाल र राजपाका नेता यादबबीच भेटवार्ता

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डल सदस्य महेन्द्र राय यादबबीच भेटवार्ता भएको छ ।

नेता खनालको निवास डल्लुमा शुक्रबार दिउँसो भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको हो ।

नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाल र यादबबीच वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, संविधान संशोधन र निर्बाचनका विषयका विषयमा लामो छलफल भएका थियो ।

भेटको क्रममा खनालले असार १४ मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिई जनताको मर्म र भाबनालाई सम्मान गर्दै अगाडि बढ्न आग्रह गरेका थिए ।