वाशिंगटन डीसी । अमेरिकामा अभिनेत्री नन्दिता केसीले परी पहिरन लगाएर प्रस्तुति दिएकी छिन् ।
उनले अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा सम्पन्न युनाईटेड नेपलिज एसोसिएसनको सम्मेलनको भेषभूषा प्रदर्शन बिशेष कार्यक्रममा बिशेष परी पहिरनमा सज्जिएर प्रस्तुति दिएकी हुन् ।
नन्दितालाई यो सुन्दर तथा बिशेष प्रस्तुतिको साथ मन्चमा उतार्ने जिम्मा मोडर्न डे फेरीटेल कलेक्सनकी फेसन डिजाइनर सुबेक्षा भडेल गरेकी हुन् ।
कपाल सज्जा तथा शृंगार स्मृति एस गुरुङको रहेको थियो ।
उनले परीको पहिरनमा भेषभुषा कार्यक्रममा प्रस्तुति गर्न पाउँदा ज्यादै उत्साहित भएको केसीले बताईन ।
















प्रतिक्रिया