भैरहवा, २६ जेठ । नेपाली कांग्रेस सिद्धार्थनगर भैरहवाका मेयर तथा उपमेयर पदका उम्मेदवारले रुपन्देहीको बेलहिया नाकालाई ब्यबस्थित गर्दै पर्यटन मैत्री बनाउने प्रतिबद्धता जनाएका छन् ।
घरदैलो अन्तरगत शुक्रवार सिनपा १ बेलहियामा पुगेका कांग्रेस सिद्धार्थनगरका मेयर पदका उम्मेदवार मातृकाप्रसाद यादव र उपमेयर पदकी उम्मेदवार माधवी शर्मा बाग्लेले सबैभन्दा बढी पर्यटक भित्रने र नेपालकै दोस्रो ठूलो भन्सार नाकालाई ब्यबस्थित गर्ने बताएका हुन् ।
बेलहिया नाकालाई पर्यटक मैत्री नाकाको रुपमा बिकास गर्दै बेलहियामा यात्रु बिश्राम गृह बनाउने कांग्रेसको योजना रहेको मेयर पदका उम्मेदवार यादवले बताए ।
त्यस्तै बेलहियाका भित्री सडकहरु पिच गर्ने र बेलहिया नाका हुदै अवैध रुपमा नेपाल भित्रिने लागुऔषध नियन्त्रणकालागी बिशेष अभियान सचांलन गर्ने उनले बताए ।
नेपाली कांग्रेसले सिद्धार्थनगर १ का पक्लीहवा कृिष क्याम्पस पछाडीको खाली जग्गामा ब्यबस्थित रुपमा मंसान घाटको निमार्ण गर्ने, कृषि क्याम्पसको स्तरोन्नति गरी डिन कार्यालयको स्थापना गर्ने, रानी गाँउ–बेलहिया, नेउडिहवा गाउँको सडक पिच गर्ने , बिशेष आर्थिक क्षेत्र (सेज) सचांलनमा बिशेष जोड दिने जस्ता जनसरोकारका मुख्य बिषयलाई प्राथमिकतामा राखेका छन ।
पहिलो चरणको घरदैलो अभियान सकिसकेका सिनपा बडा नम्वर १ का अध्यक्षका उम्मेदवार रमेस मल्ल, सदस्यका उम्मेदवारहरु मिनबहादुर गुरुङ्ग, राजकिशोर यादव, मानवती हरिजन, हरीमाया गुरुङ्गले पनि मेयर उपमेयरसगै दोस्रो चरणको घरदैलो सुरु गरेका छन् ।
मेयर–उपमेयर सहितको घरदैलो कार्यक्रमा नेपाली कांग्रेस प्रति नगर वासिन्दाहरुको उत्साहजनक सहभागिता रहेको सचिव सजिंव शर्मा रेग्मीले बताउनु भयो ।
यता पहिलो चरणको घरदैलो कार्यक्रम सकिसेका नेपाली कांग्रेस सिद्धार्थनगर बडा अध्यक्ष तथा सदस्यका उम्मेदवारहरु भने आन्तरिक भेटघाट र मतदाता शिक्षामा केन्द्रीत भएका छन् । बडा नं १२ का अध्यक्ष करुणजगं श्रेष्ठ, १३ का सोमबाहदुर गुरुङ्ग (सेते) ले पनि शुक्रवार आ आफ्नो क्षेत्रमा घरदैलो गरेका थिए ।
बडा नं २ का अध्यक्षका उम्मेदवार जगजिवन पाठक, ३ का चन्द्रवली यादव, ४ का नरेन्द्र रौनीयार, ५ का पुरन प्रसाद श्रेष्ठ, ६ का धिरेन्द्र श्रीवास्तव, ७ का भिमसेन कर्मचार्य, ८ का राजनजगं राणाँ, ९ का श्याम खनाल, १० का बिजय नाथ धवल, ११ का राजेस्वर यादव पनि नियमित रुपमा घरदैलो र मतदाता भेटघाटमा ब्यस्त छन् ।
सैनामैना नगर क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवार घोषणा गरेसंगै नगर क्षेत्रको चुनावी माहौल तातेको छ ।
सैनामैनाका ११ वटै वडामा अहिले नेपाली कांग्रेसका उम्मेदवारले घरदैलो गर्दै जनतासंग मत मागिरहेका छन । मतदाताहरुले समेत नेपाली कांग्रेस नेपालको इतिहासकै पुरानो र ऐतिहासिक पार्टी भएकोले आफूहरुको मत नेपाली कांग्रेसकै पक्षमा जाने प्रतिवद्धता जनाएका छन ।
नगरका मेयरका उम्मेदवार फणेन्द्रप्रसाद शर्मा अहिले जनताको घर दैलोमा व्यस्त हुनुहुन्छ भने उहाँले आफू मेयरमा विजयी भए बृद्ध बृद्धालाई बृद्ध भत्ता घर घरमै पुर्याई दिने प्रतिवद्धता जनाउनु भएको छ ।
सैनामैना नगर क्षेत्रका बृद्ध बृद्धाहरुले समेत नेपाली कांग्रेसले नै बृद्ध बृद्धाको हितमा काम गर्न सक्ने भन्दै आफूहरुको अमूल्य मत नेपाली कांग्रेसको रुख चिन्हमा रहने विश्वास दिलाएका छन ।
अहिले नगरका विभिन्न स्थानमा मेयरका उम्मेदवार शर्माले घर दैलो गर्दै आफूले गर्न सक्ने कामका विषयमा जनतालाई विश्वास दिलाउँदै मत मागिरहनु भएको छ भने उता वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु समेत जनताको घर दैलोमा व्यस्त रहनु भएको छ ।
स्थानीय तहको निर्वाचनको लागि नेपाली काङ्ग्रेसले सैनामैना नगरमा मेयर सहित अधिकांश उम्मेदवारको नाम विहिवार घोषणा गरेको हो ।
उम्मेदवार घोषणा गरिएसंगै सैनामैनाको चुनावी रौनक नै बढेको नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले बताएका छन ।
जनप्रतिनिधिको काम जनताको सेवा नै गर्ने हुनाले आफू नगर प्रमुख भए जनताकै सेवामा आफ्नो पाँचे वर्षे कार्यकाल खर्चिने मेयरका उम्मेदवार शर्माले वताउनु भएको छ ।
उहाँले सैनामैनाका जनता अव्यवस्थित वसाईको समस्याले पीडित भएकोले तीनलाई व्यवस्थित गर्न लालपुर्जा वितरण गर्ने, बृद्ध भत्ता अव वैंकमा लाईन लागेर होइन कि घरमै पुर्याईदिने प्रतिवद्धता जनाउनु भयो ।
मेयरका उम्मेदवार शर्माले सैनामैनामा युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने, मनोरञ्जनका लागि उद्यान, पार्क निर्माण गर्ने, नगरमा आन्तरिक नगर वस सञ्चालन गर्ने, महिला, अपाङ्ग, दलित, निम्न वर्गका बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्ने, नगरपालिकामा जन्म दर्ता, विवाह दर्ता आदिको अनलाइन सुविधा नगरपालिका भित्र कार्यालयबाटै प्रदान गर्ने, गरिवका लागि औषधोपचार निशुल्क गर्ने लगायतका प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
आफूले राजनीति देश र जनताकै सेवाका लागि गरेको भन्दै शर्माले अवको बाँकी जीवन पनि यही सैनामैना क्षेत्रका जनताको विकासमा समर्पण गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सुकुम्वासी समस्याका साथै आठ नम्वर पर्ती जग्गाको लागि लालपुर्जा वितरण गर्ने, नदी किनारको वस्तीलाई व्यवस्थित वनाउन जीविकोपार्जनका कार्यक्रम संचालन गर्ने, नदी उकास क्षेत्रको विकासका लागि अलग्गै नीति ल्याउने घोषणा समेत गर्ने वताउनु भयो ।
आफूले गर्न नसक्ने र हुन नसक्ने कुनैप्रति प्रतिवद्धता नजनाउने भन्दै शर्माले एमालेले जस्तो सुकुम्वासीलाई लालपुर्जा वितरण गर्छु भन्दै फर्म भराउने र जनतासंग पैसा असूल गरेर अलपत्र पार्ने काम आफूवाट कहिल्यै नहुने प्रतिवद्धता जनाउनु भयो ।
उता असार १४ गते हुने निर्वाचनका लागि वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । यसै बीच सैनामैनामा नेपाली काङ्ग्रेसले चुनावी प्रचार प्रसारका क्रममा नगरका ११ वटै वडामा बुधवार घरदैलो गरेको छ ।
मेयरका उम्मेदवारको टिकट पाउनु भएका जिल्ला सदस्य फणिन्द्र प्रसाद शर्माको नेतृत्वमा घरदैलो तथा चुनाव प्रचार प्रसार गरिएको हो ।
घरदैलोका क्रममा मेयरका उम्मेदवार शर्माले मतदाताहरुका समस्या तथा स्थानीय स्तरका सामाजिक समस्याहरु बुदै चुनावमा आफु र आफ्नो पार्टीलाई मत दिएर निर्वाचित गराएमा सदैव जनताको सेवा तथा सामाजिक विकास गर्दै सैनामैनालाई समृद्ध सैनामैनाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
बुधवार देखि टोल टोल र घरघर नेपाली काङ्ग्रेस भन्ने अभियानका साथ लागेको नेपाली काङ्ग्रेसले घरदैलोका क्रममा मतदातालाई मतदान प्रक्रियाका विषयमा जानकारी गराउँदै मत सदर र बदर हुने अवस्थाका बारेमा जानकारी प्रदान गरेको जनाएको छ ।
कांग्रेसले सैनामैनाका ९ वटा वडामा वडा अध्यक्ष तथा सदस्यहरुको सर्व सम्मत उम्मेदवार घोषणा गरिसकेको छ । जसमा वडा नं १ मा श्रीप्रसाद आले, २ मा गणेश गौतम, ३ मा मित्रबहादुर ए.सी., ५ मा सूर्यनारायण चौधरी, ६ मा रामप्रसाद पोख्रेल, ७ मा कृष्णप्रसाद भट्टराई, ८ मा रघुनाथ घिमिरे र ९ मा आशिष ज्ञवाली, १० मा लोकमणि भट्टराई र ११ मा सुनिल मरासिनीलाई वडा अध्यक्षमा उम्मेदवार घोषणा गरिसकेको छ ।











प्रतिक्रिया