९ मंसिर २०८३, बुधबार

ठेकेदार कम्पनीका कारण कुश्मीसेराका ३ घर जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २६ जेठ । बागलुङ जिल्लामा ठेकेदार र सडक डिभिजन कार्यालयको लापारबाहीको कारण जैमिनी नगरपालिका वडा न. १ कुश्मीसेराका ३ घर परिवार पहिरोको जोखिममा परेका छन् ।

कुश्मीसेरा र दमेकको बीचमा पर्ने टिमुरे खोलामा निर्माण गरिएको पुलको पिलरको कुना भागबाट ठेकेदार कम्पनीले माटो निकाले पछि बाटोभन्दामाथिका २ घर र बाटोको छेउमा रहेको १ घर जोखिममा परेको हो ।

सडक डिभिजन कार्यालय बागलुङ र ठेकेदार कम्पनी गीता कन्स्ट्रक्सन पोखराले मनपरी गर्दा साविकको कुश्मीसेरा गाविस वडा न. ५ उपल्लो बजारका कृष्णबहादुर थापा, लेखबहादुर थापा र धनपति जैशीको घर भत्कने अवस्थामा पुगेको छ ।

पुलको कुना भागबाट ठेकेदार कम्पनीले अनावश्यक रुपमा माटो निकाले पछि पहिरो गएकोले आफ्नो घर भत्किने अवस्थामा पुगेको रुद्रकुमारी थापाले बताउनु भयो ।

घर अत्यन्तै जोखिम पूर्ण अवस्थामा रहेको भन्दै सम्भावित पहिरो रोक्नका लागि पनि डिभिजन कार्यालय र ठेकेदार कम्पनीले पर्खाल लगाउन तत्परता नदेखाएको गुनासो गर्नुभयो ।

दुई वटा घर अगाडि वाल लगाएपनि कुनाको घर अगाडी वाल नलगाइदिदाँ बर्खामा पहिरो जान सक्ने सम्भावना बढेको पीडितले बताएका छन् ।

निरन्तर परेको वर्षाले झनै जोखिम बढाएको बताउँदै थापाले आफूहरू विस्थापित हुने अवस्थामा पुगेकोले सम्बन्धित पक्षले समयमै ध्यानदिनु पर्ने बताउनु भयो । ठेकेदार कम्पनीले आफ्नो स्वार्थको लागि कुना पट्टीको भागबाट माटो निकाल्दा आफुहरुले अनावश्यक दुःख पाउनु परेको उहाँको गुनासो थियोे ।

घर जोखिमपूर्ण बन्दै गएको प्रति सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीलाई जानकारी गराएपनि बेवास्ता गरेको थापाले बताउनुभयो ।

यस सम्बन्धमा ठेकेदार कम्पनी गीता कन्ट्रक्सनका प्रोपाइटर खिमप्रकाश मल्ल (राजेश)ले सडक डिभिजन कार्यालयले सर्भे गरेकै ठाउँमा पुलनिर्माण गर्नु आफ्नो बाध्यता रहेको बताउनुभयो ।