२९ आश्विन २०८३, बिहिबार

बेलायतको निवार्चनको परिणाम अनौठो: फ्रान्सेली प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस, २६ जेठ । फ्रान्सेली प्रधानमन्त्री एडवार्ड फिलिपले शुक्रबार बेलायतको निवार्चनको परिणाम अनौठो भएको बताउनुभएको छ ।

बेलायतमा बिहीबार सम्मपन्न आमनिर्वाचनको परिणाममा कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने स्थिति देखापरेपछि फ्रान्सका प्रधानमन्त्री फिलिपको यो प्रतिक्रिया आएको हो ।

उहाँले भन्नुभएको छ, यो परिणाम अनौठो त हो तर पनि यसका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनेगरी बेलायतले गरेको पूर्व निर्णयमा भने परिवर्तन हुदैन ।

युरोप १ रेडियालाई दिनुभएको अन्तर्वार्तामा उहाँले आम निर्वाचनको यो परिणामपछि ब्रेक्जिटको विषयमा कुनै प्रश्न उठ्नु नपर्ने आफूलाई लागेको र यो विषयमा बेलायती जनताले प्रष्ट गरिसकेको बताउनु भएको हो ।

गत मे महिनामा मात्र प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका फिलिपले बेलायतको निर्वाचन तुलनात्मक रुपमा ब्रेक्जिट र म्यान्चेस्टरमा भएको आक्रमणपछि आन्तरिक सुरक्षाको मुद्धासँग पनि सम्बधित रहेको बताउनुभयो । रासस/एएफपी