
काठमाडौं, २६ जेठ । दोलखा र रामेछाप जिल्लाको खिम्ती खोलाबाट बन्ने ४८ दशमलव ८ मेगावाटको खिम्ती २ जलविद्युत आयोजना गत वर्ष नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री पिपिए वातावरणीय प्रभाव मूल्याङ्कन (आइइइ) स्वीकृति नगरी गैरकानूनी तरिकाले सम्झौता भएको छ ।
पिपल्स हाइड्रो सहकारी संस्थाबाट प्रस्ताव गरिएको सो आयोजना २०७२ कात्तिक १५ गते विद्युत विकास विभागले सर्वेक्षण अनुमति दिएको थियो ।
विद्युत प्राधिकरण विद्युत विकास विभाग र खिम्ती २ पिपल्स हाइड्रो सहकारी संस्थाको आर्थिक चलखेलमा जल माफियाहरुको चलखेलमा प्रक्रिया नपु-याई विद्युत खरिद बिक्री सम्झौता भएको स्रोतको भनाइ छ ।
गत २०७२ सालको भूकम्पले दोलखा र रामेछापको भू–वनावटलाई तहस नहस बनाएको अवस्थामा उक्त क्षेत्रको खानेपानी, सिंचाइ, विद्यालय, वनजंगल, सडकलाई पूर्णरुपमा वातावरणीय असर पर्ने देखिएकोले जलमाफियाहरु सिधा बाटोबाट आइइइ वातावरणीय प्रभाव मूल्याङ्कन नगरी विद्युत सम्झौता गरेको स्रोतको दावी छ ।
















प्रतिक्रिया