अमेरिका । पत्रकार किरण मरहठ्ठाको पुस्तक “द होप”बारे टेक्ससको ह्यूस्टनमा गत बुधबार जुन ७ तारिख अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
डिकुरा पब्लिकेसन नेपालले यसै साता सार्वजनिक गरेको उक्त पुस्तकमाथि पत्रकार कृष्ण न्योपानेले समीक्षात्मक टिप्पणी गरे । द होप पत्रकारिताको नवप्रवेशीका लागि पढ्नै पर्ने पुस्तक रहेको न्योपानेले बताए ।
क्रियटीभ नेपाली सोसाइटी ह्यूस्टनको आयोजनामा भएको कार्यक्रममा समाजका अध्यक्ष उमापती भुसालले द होप बर्तमान नेपाली समाजको बास्तविक चित्रण भएको बताए ।
कार्यक्रममा क्रियटिभ नेपाली सोसाइटीका सल्लाहकार एवं प्राध्यापक देव भुसालले पुस्तकले समेटेका विभिन्न व्यक्तित्वहरुको विचारको सार नै संघर्षबाट सफलता भन्ने रहेको टिप्पणी गरेका थिए ।















प्रतिक्रिया