९ मंसिर २०८३, बुधबार

चुनावी कार्यक्रममा भाग लिन ‘प्रचण्ड’ सोताङ जाँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी सभालाई सम्बोधन गर्न सोलुखुम्बु जाँदै छन् ।

सोलुखुम्बुको सोताङमा माओवादी केन्द्रले जनसभाको आयोजना गर्दै छ । जनसभालाई मध्यान्ह सवा १२ बजे सम्बोधन गर्ने निजी सचिवालयले जनाएको छ ।

स्थानीय तहको दोस्रो चरणको चुनाव नजिकिँदै गर्दै अध्यक्ष दाहाल पार्टीका उम्मेदवारका पक्षमा मत माग्न सोलुखुम्बु जान लागेका हुन् ।

प्रधानमन्त्रीबाट बाहिरिएपछि दाहाल पहिलो पटक सार्वजनिक कार्यक्रममा भाग लिन जान लागेका हुन् ।