९ मंसिर २०८३, बुधबार

नयाँ प्रधानमन्त्री देउवालाई संसदमा बधाइ दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई आजको संसद बैठकमा बधाइ दिने कार्यक्रम छ ।

एमालेका मुख्य सचेतक भानुभक्त ढकालका अनुसार नयाँ प्रधानमन्त्री देउवालाई दलहरूले शुभकामना दिने छन् । संसदको बैठक बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने कार्यक्रम छ ।

माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम नेपाल, राजपा नेपालसहितका साना दलहरूको समर्थनमा दुई दिन अगाडि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका हुन् ।