९ मंसिर २०८३, बुधबार

काँग्रेसलाई झट्काः नगर सभापति र सचिव नै माओवादीमा प्रवेश, बिना मगरको पहल सफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । दोस्रो चरणको चुनाव नजिकिँदै जाँदा काँग्रेसलाई झट्का लागेको छ । कञ्चनपुर काँग्रेसका बेलौरी नगरपालिकाका पार्टी सभापति रामलाल राना र सचिव बिक्रम चन्द माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमै पुगेर उनीहरु बिहीबार बेलुका माओवादी पार्टीमा प्रवेश गरेका हुन् । कांग्रेस सभापति राना महाकाली उच्च माविको सञ्चालक समितिको चौंथो कार्यकालको अध्यक्ष, बेलौरी नगरको पूर्व सभापति र विभिन्न सामाजिक संगठनहरुको नेतृत्वमा रहेका बताइएको छ । यसैगरी, चन्द सुदुरपश्चिमका युवाहरुबीच लोकप्रिय नेता हुन् ।

माओवादी अध्यक्ष दाहालकी बुहारी बिना मगरको विशेष पहलमा उनीहरु माओवादी गरेको बताइएको छ ।