९ मंसिर २०८३, बुधबार

मधेशमा सीके राउतको अनौठो अभियान, मधेसी पार्टीको पनि विपक्षमा उभिए

12.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २५ जेठ । मधेशलाई नेपालबाट छुट्टाउने पर्ने अभियान चलाइरहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डाक्टर सिके राउत मधेशमा अनौठो अभियान चलाइरहेका छन् ।

सत्तारुढ दलकै मधेशी नेताहरु चुनावको विपक्षमा उभिरहँदा उनी भभने चुनावको पक्षमा छन् । तर, कुनै पनि दलको चुनाव चिन्हमा स्वस्तीक छाप नलगाउन अनुरोध गरिरहेका छन् । मधेशी दललाई समेत भोट नदिन उनको आह्वान छ ।
तारिख थाम्न रौतहट जिल्ला अदालत गौर पुगेका राउतले स्थानीय निर्वाचनमा भाग लिन आग्रह गरे । तर, पार्टीको चुनाव चिन्हहरुको कोठामा स्वस्तिक चिन्ह नलगाई मत बदर गर्न उनको आग्रह छ ।

सीके राउत ५ वर्षदेखि नेपालीबाट मधेस स्वतन्त्र हुनुपर्ने भन्दै बिखण्डनकारी अभियान चलाइरहेका छन् ।