काठमाडौं, २५ जेठ । कायम मुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीको उमेर विवादसम्बन्धी सार्वजनिक सरोकारको मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार रिट खारेज गरिदिएको हो ।
संवैधानिक परिषद्, संवैधानिक परिषदको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेत सात जनालाई विपक्षी बनाई अधिवक्ता विकास गिरीले दायर गरेको रिटलाई सर्वोच्चले खारेज गरिदिएको हो ।
भावी प्रधानन्यायाधीश रोलक्रमको पहिलो नम्बरमा रहेका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस रोक्न माग गर्दै अधिवक्ता गिरीले रिट दायर गरेका थिए ।
मंगलबार गिरीले रिट फिर्ता लिन निवेदन दिए पनि सार्वजनिक सरोकारको मुद्दा फिर्ता लिन नमिल्ने भन्दै बिहीबार खारेज गरिएको हो ।
निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले उनको उमेर सच्याई अद्यावधिकका लागि न्याय परिषदलाई निर्देशन दिएपछि विवाद सतहमा थियो । सच्याइएको उमेर कायम भए पराजुली ५८ दिन प्रधानन्यायाधीश बन्नेछन् । पुरानो मिति कायम भएमा करिव ९ महिना पराजुलीको कार्यकाल हुनेछ ।











प्रतिक्रिया