
काठमाडौँ, २५ जेठ । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा साधुको आर्शिवाद लिन गएको खुलासा भएको हो ।
प्रधानमन्त्री निर्वाचित भएलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजु राणालाई लिएर ठमेलस्थित सन्त कृष्णदासजी महाराजसँग आर्शिवाद लिन पुगेको खुलासा भएको हो । स्रोतका अनुसार, सन्तले देउवालाई कार्यकाल सफलताको कामना गर्दै नेपालमा हिन्दू राज्य फर्काउन आर्शिवाद दिएका थिए ।
यी उनै सन्त हुन्, जो माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई भैंसीको पूजा गराएर चर्चित बनेका थिए ।

सन्त कृष्णदास जीको आर्शिवाद लिन उपप्रधानमन्त्री कृष्णबहादुर महरादेखि विजय गच्छदारसम्म पुगेको छ ।

यसैगरी, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सन्तबाट आशीर्वाद लिएका छन् ।
















प्रतिक्रिया