१५ कार्तिक २०८३, आइतबार

भारतका कारण नेपाललाई नयाँ खतरा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । दक्षिण एसियाली मुलुकहरूमा आणविक उर्जा भट्टी स्थापनाको बढ्दो होडबाजीको असर नेपालमा पर्ने प्रवल सम्भावना बढेको छ ।

वातावरणमा विकिरण (रेडियोधर्मी पदार्थ)को मात्रा मिसिएर जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावना उच्च रहेको विज्ञहरुको ठहर छ । नेपाल समाचार पत्र दैनिकले समाचार छापेको छ ।

छिमेकी मुलुकहरुमा आणविक भट्टीमा हुनसक्ने सम्भावित प्राकृतिक र मानवीय दुर्घटनाका कारण नेपाल त्यस्तो जोखिममा रहेको विज्ञहरू बताउँछन् ।

भारतको उत्तरप्रदेशस्थित नारोरा प्लान्ट र बंगलादेशमा निर्माणाधीन भट्टी नेपाली सीमा क्षेत्रबाट क्रमशः १ सय ९० र २ सय ७० किलोमिटरका हाराहारीको हवार्य दूरीमा रहेको बताइएको छ ।

हाल भारतका विभिन्न प्रान्तमा करिब २ दर्जन आणविक भट्टी सञ्चालनमा छन् भने बंगलादेश आगामी ५ वर्ष भित्रमा २ वटा भट्टी सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ ।