रुकुम, २५ जेठ । स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखित)लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् ।
कानूनले तत्कालीन जनसत्ताको लिखितलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखित पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।
हाललाई रुकुमका बाफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भएपनि यसलाई जिल्लाव्यापी रुपमै महत्वका साथ असघ बढाइने माओवादी केन्द्रले जनाएको छ ।












प्रतिक्रिया