स्वीटजरल्याण्ड । फ्रान्सको राजधानी पेरिसमा निकै ठूलो सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्टिभलको आयोजना सम्पन्न भएको छ ।
गत शनिबार र आईतबार भएको उक्त मेलामा २५०० भन्दा बढी नेपाली तथा बिदेशीहरूले अबलोकन गरेका थिए ।
फ्रान्समा रहेर नेपाली कला र संस्कृति प्रवर्द्धनको लागि निकै लामो समयदेखि कृयाशील रहेको संस्था ‘नेपाल सांस्कृतिक गृहको आयोजनामा गैर आवासीय नेपाली संघ फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालको संयोजकत्वमा सम्पन्न भएको हो ।
सांस्कृतिक गृह फ्रान्सका अध्यक्ष हेमन्त उपाध्याय भने, ‘सांस्कृतिक गृहले विगत १६ वर्षदेखि निरन्तररुपमा फ्रान्समा नेपाली कला र संस्कृति प्रवर्द्धनको लागि कार्य गर्दै आएको छ र यो पटक हामीले गरेको यो १४ औं कार्यक्रम हो ।’
यस मेलामा पनि अघिल्ला वर्षहरुमा जस्तै लाखे, मैथिली, नेवारी, कुमारी, भैलिनी लगायतका पुराना नेपाली नृत्यहरुका साथमा जीवित देवीको रुपमा मानिदै आएको कुमारीको रथ यात्रा बनाई प्रदर्शन गरि नेपाली संस्कृति झल्किने विभिन्न प्रस्तुतिहरू देखाइएको थियो ।















प्रतिक्रिया