२९ आश्विन २०८३, बिहिबार

इरानको संसद र सर्वोच्च नेताको घरमा गोली प्रहार, १२ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेहरान, २५ जेठ । इरानको संसद भवन र सर्बोच्च नेता आयातुल्लाह खोमेनीको प्रार्थनास्थलमा बुधबार गोली प्रहार हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

आतङ्ककारी आक्रमणमा परी अन्य ३९ जना घाइते भएको इरानको आपत्कालीन प्रमुखलाई उद्धृत गर्दै अर्धसरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले जनाएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालहरूमा उपचार गराइएको छ ।

हतियारधारी व्यक्तिगत संसद भवनभित्र छिरेर गोली प्रहार गरेको एक सांसदले जानकारी दिएका छन् । संसदको बैठक सकिएपछि आक्रमण भएको उनको भनाई छ ।

राजधानी तेहरानबाट केही किलोमिटर दक्षिणमा रहेको खोमेनीको प्रार्थनास्थलमा पनि उही समयमा आक्रमण भएको अधिकारीहरूले बताएका छन् । रासस÷सिन्ह्वा