
काठमाडौं, २४ जेठ। महिन्द्रा गाडीको नेपालका लागि एकमात्र आधिकारिक विक्रेता तथा अग्निग्रुप अन्तर्गतको नेपालकै अग्रणी कम्पनी मध्ये एक अग्नि इन्कर्पाेरेटेडले लोकप्रिय ‘केयूभी १००’ गाडीको लागि एक्सचेन्ज अफर सुरु गरेको छ ।
उक्त अफर काठमाडौं उपत्यका, चितवन, पोखरा, भैरहवा तथा बुटवल अवस्थित कम्पनीका आधिकारिक आउटलेटमा उपलब्ध हुनेछ ।
जेठ २५ गतेदेखि २७ गतेसम्म चल्ने यस अफरमा सहभागी भई कम्पनीले आफ्ना ग्राहकलाई ‘दयंग एस यु भी’ सँग अपग्रेड गर्न आह्वान गरेको छ ।
यस अवसरमा कुनै पनि पुरानो गाडि ल्याई सबैभन्दा उत्कृष्ट मूल्याङ्कनका साथ ग्राहकले नयाँ महिन्द्रा केयूभी १०० गाडी चढेर जान सक्ने जनाइएको छ ।















प्रतिक्रिया