१ कार्तिक २०८३, आइतबार

देउवाले लिए सपथ, को-को बने उपप्रधानमन्त्री र मन्त्री ?

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । नवनिर्वाचित प्रधामनन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

देउवाले तीनलाई उपप्रधानमन्त्री र चार जनालाई मन्त्री बनाएका छन् । काँग्रेसबाट गोपालमान श्रेष्ठ, माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र
फोरम लोकतान्त्रिकबाट विजय गच्छदार उपप्रधानमन्त्री बनेका हुन् ।

काँग्रेसबाट उपप्रधानमन्त्री बनेका श्रेष्ठले शिक्षा, महराले परराष्ट्र र फोरम लोकतान्त्रिकका गच्छदार स्थानीय विकास मन्त्री बनेका छन् ।

यसैगरी, काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फर्मुल्लाह मन्सुर श्रम तथा रोजगार मन्त्री बनेका छन् ।

माओवादी केन्द्रका जनार्दन शर्मा गृह मन्त्री बनेका छन् । माओवादीकै प्रभु शाह बिना विभागीय मन्त्री हुँदैछन् ।