१० मंसिर २०८३, बिहिबार

विवादका बीच देउवाले छाने मन्त्री, गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री

13.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । विवादका बीच नेपाली काँग्रेसले गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति एवं नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको असहमतिका बीच दुई जना मन्त्रीको नाम निर्णय गरिएको हो । काँग्रेसबाट गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने भएका छन् ।

श्रेष्ठलाई रक्षा र कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनाउने बताइएको छ । स्याङ्जाका श्रेष्ठ नेपाली कांग्रेस प्रजातान्त्रिकमा उपसभापति थिए। उनी कांग्रेसका पुराना नेता हुन्। कार्की नेविसंघका पूर्वसभापति हुन् । उनीहरु दुबै जना समानुपातिक तर्फका सांसद हुन्। श्रेष्ठ र कार्की काँग्रेसभित्र देउवाका विश्वासपात्र मानिन्छन् ।

सभापतिले एकल रुपमा निर्णय गरेको भन्दै रामचन्द्र पौडेल पक्षले भने तत्काल मन्त्रीको नाम नदिने भएको छ ।