
काठमाडौं, २४ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारको कामकारबाही र समीक्षा तथा भावी योजनाका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
बैठकमा सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरूको नामका बारेमा पनि छलफल हुनेछ । स्रोतका अनुसार आजै सपथ लिने गरेर दुई जना नेतालाई मन्त्रीका लागि नाम पठाइनेछ ।















प्रतिक्रिया