१ कार्तिक २०८३, आइतबार

किरण मरहठ्ठाद्वारा लिखित पुस्तक “द होप” लोकार्पण

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


टेक्सास । पत्रकार किरण मरहठ्ठाद्वारा लिखित पुस्तक “द होप” को आइतबार टेक्सासको अश्टिनमा लोकार्पण गरिएको छ ।

हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गरेका छन् । ‘द होप नेपाली समाजमा आशाको दियो बनेर आएको पाठकले बताए ।

पाठकले लेखक मरहठ्ठालार्इ गैर आवासीय नेपालीको बारेमा सबैभन्दा जानकार सञ्चारकर्मीको संज्ञा दिए ।

ग्रेटर अश्टिन नेपाली समाजको आयोजनामा भएको कार्यक्रममा नारायण पुरीले पुस्तकको समीक्षा गरे ।

झरना नहर्कीले लेखक मरहठ्ठाको कलम नेपाली समाजको ऐना रहेकोे भन्दै द होप पत्रकारिता जगतमा एक उत्कृष्ट कृति रहेको बताइन् ।

ग्रेटर अश्टिन नेपाली समाजका अध्यक्ष देवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ लेखक मोहन सिटौला र राजेश्वर निरौलाले पनि मन्तव्य दिए ।