२१ कार्तिक २०८३, शनिबार

सिद्धार्थ नगरमा जनमुक्तिका धेरै महिला उमेदवार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २३ जेठ । आसन्न स्थानीय तहको निर्वाचनको लागि जनमुक्ति पार्टीले रुपन्देहीको सिद्धार्थ नगरपालिकाको वडा नम्बर ७, ९ र १३ मा वडा अध्यक्षसहित सदस्य पदमा सबै महिला उमेदवार उठाएको छ ।

संघीय परिषद सदस्य तथा निर्वाचन परिचालन इन्चार्ज सूर्यकुमार सारु मगरका अनुसार नगरको ७ नम्बर वडामा हेमा गुरुङ अध्यक्षमा उठेकी छन् । सो वार्डबाट सदस्यहरुमा ढकीसरा चौहान, पदमा राना र लक्ष्मी गुरुङ रहेका छन् ।

यसैगरी वडा नम्बर ९ मा वडा अध्यक्षमा मायादेवी सूर्यबंशी रहेकी छन् भने सदस्यहरुमा नुरजहाँ मारिन, माया दर्जी, गीता गुरुङ र मनीषा थापा रहेका छन् ।

यसैगरी वडा नम्बर १३ मा नन्दा गुरुङ अध्यक्षमा उमेदवार बनेकी छन् । सो वडाबाट दिलकुमारी गुरुङ, शुसीला गुरुङ र सुनीता गुरुङ सदस्य पदमा उमेदवार बनेका छन् ।

जनमुक्तिले नगरको मेयरमा कृष्णबहादुर गुरुङ र उपमेयरमा सीमा थापालाई उमेदवार बनाएको छ । चुनाब चिन्ह घर र झन्डा ब्यानर सहित घरदैलोलाई तीब्रता दिइएको छ ।

वडा नम्बर १ बाट दीपेन्द्र पौडेल, ३ बाट साकिर अलि, ४ बाट इन्सान अली, ६ बाट रामबहादुर थापा, ७ बाट हेमा गुरुङ, ८ बाट सुजीता थापा, १२ बाट केशरी रानामगरलाई वडा अध्यक्षको उमेदवार पनि बनेका छन् ।