परासी, २२ जेठ । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले रामग्राम नगरपालिकामा पार्टीको तर्फबाट तय गरिएका उम्मेदवार घोषणा गरेको छ ।
एमाले रामग्राम नगर सम्वय कमिटीले सदरमुकाम परासीमा एक घोषणा सभाको आयोजना गरि आफना उम्मदेवारहरु घोषणा गरेको हो ।
जस अनुसार एमालेको तर्फबाट रामग्राम नगरपालिकाको मेयर पदमा उमाशंकर चौधरी र उपमेयर पदमा उमा यादवलाई घोषणा गरिएको छ । मेयर पदका उम्मेदवार चौधरी जिल्ला सदस्य हुनुहुन्छ भने उपमेयर पदकी उम्मेदवार यादव अनेमसंघमा आवद्ध हुनुहुन्छ ।
यसैगरि एमालेको तर्फबाट रामग्राम नगरपालिकाको वडा नं. १ को अध्यक्षमा गोरख हरिजन, वडा नं २को अध्यक्षमा सत्तन हरिजन, वडा नं. ३ को अध्यक्षमा खगेश्वर पन्थी, वडा नं. ४ को अध्यक्षमा जगदिश यादव र वडा नं ५ को अध्यक्षमा विनोद कुंवरलाई अगाडी सारिएको छ ।
यस्तै वडा नं ६ मा राजेश शाहनी, वडा नं ७ मा उदयराज कोईरी, वडा न. ८ मा लक्ष्मण केवट, वडा नं ९ मा त्रिलोकी थापा, वडा नं. १० मा राजेन्द्रकुमार मल्ल, वडा नं ११ मा बमबहादुर थारु, वडा नं. १२ मा हरिलाल यादव वडा अध्यक्ष पदका लागि घोषणा गरिएको छ ।
यस्तै वडा नं १३ मा अवधराज यादव, वडा नं १४ मा गंगा कंवर, वडा नं १५ मा रामशंकर कुर्मि, वडा नं. १६ मा राममिलन शाहनी, वडा नं १७ मा युक्तिनारायण चौधरी, वडा नं. १८ मा सहलाद बानिँयालाई वडा अध्यक्षको उम्मदेवार घोषणा गरिएको छ ।
जिल्ला सचिवालय सदस्य एवँ नगर संयोजक लक्ष्मी क्षत्रिको अध्यक्षतामा भएको सो कार्यक्रममा पुर्व केन्द्रीय सल्लाहकार केशरमणी पोखरेल, युवा तथा खेलकुद विभागका केन्द्रीय सदस्य विरेन्द्र यादव, सुसासन विभाग केन्द्रीय सदस्य गणेश सापकोटा, पुस्तकालय विभाग केन्द्रीय सदस्य श्याम वस्याल, मेयर पदका उम्मेदवार उमाशंकर चौधरी, पुर्व जिल्ला सदस्य विमल पौडेल, रिता कार्कि, नगर सहसंयोजक राममिलन शाहनी लगायतले शुभकामना व्यक्त गर्नुभएको नगर सचिव हरिलाल यादवले बताउनुभयो ।













प्रतिक्रिया