२१ कार्तिक २०८३, शनिबार

बातवरणीय प्रतिकुलता रोक्न कडा कानूनको जरुरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, २२ जेठ । विश्वव्यापी रुपमा बढ्दै गरेको ग्लोबल वार्मिङ्ग तथा वातवरणीय प्रतिकुलतालाई न्यूनीकरण गर्न कडा कानूनको जरुरी रहेको विश्व वातवरण दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीले भैरहवामा आयोजना गरेको बातावरण अन्तरक्रिया तथा उत्कृष्ट बातावरण पुरस्कार वितरण समारोहमा बोल्ने वक्ताहरुले वातवरणीय प्रतिकुलता बढ्नुमा मानबको हात बढी भएको जनाए । उनीहरूले गलत कार्य गर्नेलाई तत्काल कारबाही गर्न कडा कानुन जरुरी रहेको बताए ।

उनीहरुले मानबले आफ्नो व्यक्तिगत स्वार्थकोलागी जथाभावी प्रकृतिको दोहन गर्दा आममान्छेहरुमा वातवरणीय प्रतिकुलताको गहिरो र दूरगामी असर परेको बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले वातवरणीय प्रतिकुलता सृजना गर्ने मान्छेलाई तत्काल कारबाही गर्न पहल गर्ने सोही अवसरमा प्रतिबद्धतता समेत जनाएका छन् ।