काठमाडौं, २२ जेठ । ‘प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त’ भन्ने नाराका साथ घट्टकुलोस्थित सूर्योदय एजुकेशन फाउण्डेसनले विश्व वातावरण दिवस मनाएको छ ।
फाउण्डेसन अन्तर्गतको एसएबि पब्लिक स्कूलले सोमबार विशेष कार्यक्रम गरेर वातावरण दिवस मनाएको हो ।
एसएबि पब्लिक स्कूलले प्रिन्सिपल, शिक्षक–शिक्षिका, विद्यार्थीलगायतले प्रभात फेरीका साथै स्कूल आसपासको क्षेत्रमा सरसफाइ गरेका छन् ।
प्राथमिक तथा माध्यमिक तहगत चित्रकला प्रतियोगिता पनि गरिएको थियो । प्रदशैनमा राखिएका चित्रहरू फालिएका वस्तुहरूबाट निर्माण गरिएको एसएबि स्कूलले जनाएको छ ।












प्रतिक्रिया