२१ कार्तिक २०८३, शनिबार

कांग्रेसद्वारा १० जनालाई कारबाही, ६ जनासँग स्पष्टीकरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीना बुढाथोकी

सल्यान, २२ जेठ । नेपाली कांग्रेस सल्यान क्षेत्र नं. २ ले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई अनुशासनको कारबाही गरेको छ ।

वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेकाहरूलाई सहयोग नरेको तथा पार्टी नीति बिपरीतका काम गरेको भन्दै अनुशासनको कारबाही गरिएको सल्यान क्षेत्र नं. २ का क्षेत्रीय सभापति सन्तोष केसीले जानकारी दिए ।

कांग्रेस सल्यान क्षेत्र नं. २ ले १० जना नेता तथा कार्यकर्ताहरूलाई आजीबन साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । आजीवन कारबाहीमा पर्नेहरूमा कपुरकोट गाउँपालिकाबाट बिष्णु शर्मा र खडक केसी रहेका छन् ।

छत्रेश्वरी गाउँपालिकाका केशबहादुर बिष्ट, दीपेन्द्र कुँवर, डम्बर खत्री पनि कारबाहीमा परेका छन् ।

शारदा नगरपालिकामा साबित्रा राई, टोपबहादुर मल्ल, तुल्सीराम बस्नेत, रेशम बुढाथोकी र धनबहादुर बिश्वकर्मा पनि कारबाहीमा परेका छन् ।

सल्यान क्षेत्र नं. २ ले ६ जना नेता तथा कार्यकर्ताहरूसँग स्पष्टीकरण माग गरेको छ ।