२१ कार्तिक २०८३, शनिबार

भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मा अस्पताल भर्ना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । भ्रष्टाचार अभियोगमा पक्राउ परेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा वीर अस्पतालमा भर्ना भएका छन् ।

हिरासतमा रहेका शर्मालाई स्वास्थ्यमा समस्या भएको भन्दै अस्पताल भर्ना भएको स्रोतले जनाएको छ । शर्मालाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।

शर्मालाई आइतबार विशेष अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । गत शुक्रबार अख्तियारले शर्मा भ्रष्टाचारको अभियोगमा कार्यालयबाटै पक्राउ परेका थिए ।