
काठमाडौँ, २२ जेठ । एनआइसी एशिया बैंकले विश्व वातावरण दिवसको अवसरमा सोमबार देशका बिभिन्न जिल्लामा बृक्षारोपण गरेको छ ।
बैंकको कुस्मा शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, पर्वत, अत्तरिया शाखाद्वारा कैलाली जिल्लास्थित सैनिक आवासीय महाविद्यालय एव बैकंको इलाम शाखाद्वारा इलाम नगरपालिकाको स्वामित्वमा रहेको नगर बाल उद्यानमा बृक्षारोपण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
एआइसी एशिया बैंकले देशभर रहेका आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सोको यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आइरहेको छ ।
यसै क्रममा आर्थिक वर्ष २०७३/७४ भित्र मुलुकभर ७ हजार विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढिरहेको बैंकले जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वमार्फत वातावरणीय सन्तुलन तथा हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको बैंकका प्रमुख सूचना अधिकारी रोशनकुमार न्यौपानेले बताए ।















प्रतिक्रिया