डोटी, २२ जेठ । आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेस डोटीले अँझै उम्मेदवारको निक्र्यौल गर्न सकेको छैन ।
गाउँपालिकाहरूमा उम्मेदवार तय गरिसकेको कांग्रेसलाई दिपायल सिलगढी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन बढी समस्या देखिएको हो ।
कांग्रेसका क्षेत्र नं. १ का सभापति समेत रहेका बाजीसिं खड्का नै दिपायल सिलगढी नगरपालिकामा मेयरको टिकेट पाउने करिब पक्का भैसकेको छ । प्रशिस महराले पनि मेयर पदका लागि आकांक्षा देखाएका छन् ।
शिखर नगरपालिकामा मेयरका लागि क्षेत्र नं. २ का सभापति समेत रहेका सीताराम जोशी र उप–मेयरका लागि धौलीदेवी रावलको नाम चर्चामा छ ।













प्रतिक्रिया