१ कार्तिक २०८३, आइतबार

कथित ‘डन’ राजु गोर्खाली र उनका गुरु पक्राउ

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २२ जेठ । अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका कथित ‘डन’ अर्थात गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गोर्खालीलाई सोमबार बिहान पक्राउ गरेको हो । प्रहरीको उच्च निगरानीमा रहेका गोर्खालीलाई पक्राउ गरेको प्रहरी भनाइ छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले गुण्डागर्दीमा संलग्न भएको र निगरानीमा रहेकाले राजु गोर्खालीलाई पक्राउ गरेको बताए ।

प्रहरीले गोर्खालीका गुरु देबेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । उनीहरूलाई अनुसन्धान गरेर कारबाही गरिने जनाइएको छ ।

प्रहरीले काठमाडौंभित्र आपराधिक क्रियाकलाप गर्दै आएका गुन्डा नाइकेहरूको सूची तयार पारेर निगरानी गर्दै आएको छ ।