४ कार्तिक २०८३, बुधबार

एनसेलले १३.६० अर्ब भुक्तानीसँगै पुँजीगत लाभकर तिरेको पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । करदाता र जिम्मेवार कर्पोरेट नागरिकको रुपमा रहेको एनसेल प्राईभेट लिमिटेड (“एनसेल”अथवा“कम्पनी”) ले आफ्नो भुतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस (“बिक्रीकर्ता”)द्वारा गरिएको अप्रत्यक्ष बिक्री (“कारोबार”) सँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यलयको निर्देशन बमोजिम बिक्रेताको तर्फबाट थपअग्रिम कर रु १३.६ अर्ब दाखिला गरी उक्त करको विषयलाई निष्कर्षमा पु-याएको पुष्टि गरेको छ ।

एनसेलले हालसम्म गरेको कुल अग्रिम दाखिलाको आधारमा ठूला करदाता कार्यलयले यही जेठ २१ गते एनसेललाई पठाएको पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रिम कर दाखिलाको निर्देशन पूर्ण रुपमापालना गरेको प्रमाणिकरण गर्दै यससँगै आयकर ऐन २०५८ अन्तर्गत पुँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्ण रुपमा भुक्तानी गरेको प्रमाणित गरेको जनाएको छ ।

एनसेल यस कारोबारको संलग्न पक्ष नरहे पनि र कम्पनीले उक्त कारोबारमा कुनै भुक्तानी नगरे तथा प्राप्त नगरेता पनि कम्पनीले कर दाखिला गरी यस विषयलाई टुंगोमा पु-याउनु कम्पनीको नेपालमा निरन्तर सेवा प्रदान गर्दै योगदान गरिरहने प्रतिवद्धताको एक पाटो हो ।

देश र जनताको समृद्धिका लागि कटिवद्ध एक जिम्मेवार कर्पोरेट नागरिकको आफ्नो उच्च छविलाई कायम राख्दै एनसेलले यस विषयका सम्पुर्ण मामिलालाई सल्टाउन तथा निष्कर्षमा पु-याउनकालागि सरकारलाई आफ्नो सम्पुर्ण सहयोग प्रदानगर्न पाएकोमा खुसी छ ।

“एनसेलले सँधै नेपालका कानुनको परिपालना गरेको छ आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

“हामी नेपाल सरकार तथा ठूला करदाता कार्यालयले यो विषयको निराकरण तथा टुंगोमा पु-याउनका लागि प्रदान गरेका सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं । यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाद रुपमा लगाउन पाउने छ, जसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने छ,” पर्किन्सले भने ।

नेपालको दूरसञ्चार पूर्वाधार विकास तथा नेपाली नागरिकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि कम्पनीले आक्रामक रुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै कम्पनीआफ्ना कर्मचारीको परिवार, डिलर, डिष्ट्रिब्युटर, व्यावसायिक साझेदार तथाविशेष गरेर आफ्ना एक करोड ५० लाखभन्दा बढी ग्राहकलाई बहु लाभ प्रदान गरिरहन प्रतिबद्ध छ ।

कम्पनी संचालनको १३ वर्ष (आर्थिक वर्ष २०६१/६२ देखि मा यही जेठ १८ गतेसम्म) मा सरकारलाई विभिन्न शिर्षकमा रु १६० अर्ब भन्दा बढी राजश्व योगदान पु-याएको एनसेल देशकै सबैभन्दा ठूलो करदाताहरुमा पर्छ ।

एनसेलले नेपालको कुलग्राहस्थउत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पु¥याउदछ । सन् २०१६ मा कम्पनीको संचालन तथा पूजीगत लगानीरु २५ अर्ब ८० करोड भन्दा बढी रहेको छ । आफ्नो व्यवसाय संचालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा करिब एक लाख १० हजार रोजगारी योगदान गरेको छ ।