१ कार्तिक २०८३, आइतबार

कहाँ–कहाँ चुके गगन ? यस्ता छन् नौ अक्षम्य असफलता

23.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । स्वास्थ्यमन्त्री गगन थापाले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूले गरेका राम्रा कामहरूको जानकारी दिए । उनले आफूलाई पानी पिलाउने पियनदेखि कर्मचारी सबैलाई धन्यावाद दिन भ्याए ।

गगन थापा नेपाली कांग्रेसका युवा नेता हुन् । काम गर्न उनमा जोश र जाँगर छ भन्न कञ्जुस्याँ गर्नु हुँदैन । तर, काम गर्दै गर्दा गगन थापाले गरेका नराम्रा कुरालाई पनि बाहिर ल्याइदिनुपर्छ ।

आफ्नो झण्डै नौ महिने कार्यकालमा गगनले थोरै विषयमा सफल भए पनि अधिकांश नीतिगत निर्णयमा असफल भएका छन् । स्रोतका अनुसार स्वदेशी औषधि व्यवसायीहरूको घेराबन्दीमा परेका गगन थापाले गरिव जनतालाई दीर्घकालसम्म असर पर्ने गरेर नीतिगत निर्णय गरिदिएका छन् । जसको असर नेपाली जनताले महँगोमा औषधि खरिद गरेर खानुपर्ने अवस्था आएको छ । ती कतिपय औषधिहरू गुणस्तरीय छैनन् ।

आफ्नो विरुद्ध आउने समाचार फिटिक्कै हेर्न र सुन्न नचाहने गगनले स्वास्थ्य र औषधि जस्तो महत्वपूर्ण क्षेत्रलाई अस्तव्यस्त बनाइ दिएका छन् । उनले गरेका नीतिगत निर्णयले अबको केही महिनाभित्रै रिजल्ट देखाउनेछ । जसको मार सिधै गरिव जनतालाई पर्नेछ ।

गगन थापाले गरेका गम्भीर ९ गल्ती जसलाई अक्षम्य भन्न सकिन्छ । गगनले यस्तो अक्षम्य निर्णयहरू के कारणले गरे त्यसको जानकारी हामी अर्को अंकमा दिने छौँ ।

१. गगन थापाले औषधि आयातकर्ताले २२ सय प्रतिशत मुनाफा खान्छन् भन्ने आरोप लगाए । तर, त्यसलाई पुष्टि गर्न सकेनन् । औषधि व्यवसायीहरूको सधै मानमर्दन गरेका गगनलाई तिनै व्यवसायीहरूले पटक पटक औषधिको मूल्य निर्धाण गर्न दवाव दिँदा स्वदेशी सीमित औषधि उद्योगी व्यवसायीको पछाडि लागेर आर्थिक लाभ लिएको आरोप छ । आइतबार स्वास्थ्य मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा पनि उनले त्यस विषयमा केही भनेनन् । यसबाट पुष्टि हुन्छ गगन थापा कहाँबाट परिचालन र प्रोलोभित छन् भन्ने ।

२. नेपाली उत्पादकहरूको उत्पादन मूल्य र विक्री मूल्यबीचको फरकमा गगन थापा सधैँ मौन रहे । स्वदेशी औषधि उत्पादकहरूले जनतालाई आफू खुसी महँगोमा औषधि विक्री गरिरहेका छन् । यो कुरा जानकार रहेका गगन थापा सधै मौन बस्नुको कारण के हो ? किन मूल्य नियन्त्रण गर्न ध्यान दिएनन् ?

३. शहीद गंगालाल हृदय केन्द्र र मनमोहन कार्डिस्क सेन्टरमा एक पैसामा औषधि (प्रतिट्याब्लेट) खरिद गरेर ५ देखि ८ रुपियाँसम्म बेच्ने गरिन्छ । यो अनियमितताका बारेमा गगन थापा जानकार छन् । तर, सधै मौन बसे । सरकारी अस्पतालभित्रको कालोबजारी नियन्त्रण गर्न असफल भए । बरु त्यसलाई बढावा दिए ।

४. स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति महाशाखाले खरिद गर्ने औषधिको कच्चा पदार्थ गुणस्तरयुक्त नभएर निकट भविष्यमै देशभरि औषधि हाहाकार हुने अवस्था सृजना भएको आपूर्ति महाशाखाका निर्देशक डा.भीमसिंह तिङ्करीले सार्वजनिक रुपमा भने । आफ्नै मातहतको महाशाखाले स्वदेशी औषधि उत्पादकको कारणले समस्या आउँदै छ भन्ने भन्दै गर्दा पनि गगन थापाले तिनै नेपाली उत्पादकहरू जसको औषधिको गुणस्तरमा प्रश्न चिन्ह खडा भएका छन् तिनैलाई जनताले खानै पर्ने बाध्यता बनाइ दिए । आत्मनिर्भताको सस्तो नारा दिएर गगन थापाले ती व्यवसायीलाई संरक्षण गर्न सफल भए ।

५. आन्दोलनमा रहेका औषधि आयातकर्ताहरूले बारम्बार औषधिको वैज्ञानिक रुपले मूल्य तोकेर मूल्य नियन्त्रण गरौँ भन्दा गगन थापा मौन बसे । मूल्य नियन्त्रणमा उनी सधैँ मौन बस्नुको तात्पर्य के हो ?

६. स्वास्थ्य मन्त्री गगन थापाको विज्ञहरूको टोलीले प्यारासिटामोलको खरिद मूल्य ३६ पैसा प्रतिट्याब्लेट भनेर प्रतिवेदन बुझाएको थियो । तर, गगनकै स्वास्थ्य मन्त्रालय मातहतको आपूर्ति व्यवस्थापन महाशाखाबाट ४८ पैसामा प्रतिट्याब्लेट प्यारासिटामोल नेपाली उत्पादकसँग १२ करोड ट्याब्लेट खरिद गरे । महँगोमा प्यारासिटामोल खरिद गर्नुको कारण के हो ? यो खरिदकाण्डमा सिधै १ करोड ४४ लाख कमिशन आएको छ । त्यो पैसा कता गयो ?

७. स्वदेशमा जम्मा ५१ वटा नेपाली औषधि उत्पादकहरू छन् । त्यसमध्ये २६ वटा उत्पादकहरूको न्यूनतम गुणस्तर मापन (जिएमपी) नवीकरण भएको छैन । राज्यले ती जिएमपी नवीकरण नभएका उद्योगहरूसँग औषधि खरिद गरेको छैन । तर, बजार खुला गरिदिएको छ । ती स्वदेशी औषधिहरू जो गुणस्तर छैनन् त्यसलाई गगन थापाको लापरबाहीका कारण सोँझासाझा जनताले खरिद गरेर सेवन गर्नुपर्ने बाध्यता छ । र, तिनै उत्पादकलाई बजारमा एकाधिकार दिन गगन थापाले आत्मनिर्भरताका नाममा पुरस्कृत गरेका छन् ।

८. सरकारले क्यान्सर लगायत कडा रोगका औषधि ‘सरकार टू सरकार’ अर्थात ‘जीटूजी’मार्फत खरिद गर्ने नीति लिएर सस्तो लोकप्रियता लिन खोज्यो । तर, जनतालाई राहत दिलाउन सकेन । कारण सरकारले ‘सरकार टू सरकार’ किन्ने र अस्पतालको फार्मेसीबाट बेच्ने नीति अवलम्बन गरेपछि जनताले निःशुल्क औषधि पाउने अबसर गुम्यो । औषधिमा सरकारले व्यापर गर्न पाउँछ ?

९. ७० थरीका औषधि दिने घोषणा गरेको स्वास्थ्य मन्त्रीले व्यवस्थापन गर्न नसक्दा निःशुल्क पाउने भनिएका १३ थरीका औषधि अभाव छ । यसमा पनि गगन थापा असफल भए ।