२१ कार्तिक २०८३, शनिबार

कपिलवस्तुमा कांग्रेस, माओवादी र राप्रपाका कार्यकर्ता एमालेमा प्रवेश

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २१ जेठ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वार्ड नम्बर १० धनकौलीको गगनी गाउँ तथा बिजगौरी, हर्दाशडिहवाका करिब १५० जना एमालेमा प्रबेश गरेका छन् ।

एमाले प्रबेश गर्नेमा माओवादी, कांग्रेस र राप्रपाका कार्यकर्ता छ्न् । एमालेका पूर्व जिल्ला सचिवालय सदस्य टेकराज पौडेलले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रबेश गर्नेमा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद कुर्मी , नेपाली काङ्ग्रेसका नगरपालिकाका वार्ड अध्यक्ष कल्लु मुसलमान, जमिन खा, बलीराम पासी, अब्दुल मुजिब, जलिल खा, रामप्रसाद मल्लाह, भगौती बढै रहेका छन् ।

राप्रपाबाट राम समुझ कुर्मी, पल्टु बढै, शिवप्रसाद यादब, रामप्रसाद बरइ, सद्धाम हुसैन, लाल मोहम्मद मुसलमान, असगर मुसलमान, राम्देब धोबी, मलहु नाउ, वचन रैदास लगायतका एमाले प्रवेश गर्नेमा छन् ।