२१ कार्तिक २०८३, शनिबार

दुई हजार झिक्दा श्रीमतिको टाउकोमा खुकुरी प्रहार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, २१ जेठ । रामेछाप जिल्लाको मन्थली नगरपालिका –१ मा मासु पसल गरी वस्ने ५२ वर्षीया राधाकुमारी घिमिरेलाई आफ्नै श्रीमानले रक्सी पिएर खुकुरीले हानेका छन् ।

आफ्नो गोजीबाट २ हजार निकालेको आरोप लगाउँदै उनका पति ५५ वर्षीय थरहरि घिमिरेले कुटपिट गरी खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट श्रीमती राधा घाइते भएकी छन् । राधालाई थरहरिले शनिबार राति खुकुरी प्रहार गरेका हुन् ।

रक्सी पिएर आएका उनले खुकुरी प्रहार गरेर घाइते बनाएको पीडित राधाले बताइन् । पतिले आफूलाई सधैँ पिट्ने गरेको राधाको भनाइ छ ।

घाइते राधाको मन्थली सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न थरहरिलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको छ ।