४ कार्तिक २०८३, बुधबार

रुकुममा अर्काे यातायात प्रालि खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– धनवीर दाहाल

रुकुम, २१ जेठ । रुकुम जिल्लामा दुई वटा यातायात व्यवसायी समिति मिलेर नयाँ यातायात प्रालि खुलेको छ ।

सिस्ने हिमाल यातायात समिति र रुकुम प्रा.लि. मर्ज गरेर चौरजहारी यातायात प्रालि मिलेका हुन् । दुई समिति मिलेर सेवा दिने जनाएका छन् ।

रुकुम प्रालि, सिस्ने हिमाल बस तथा मिनी बस व्यावसाय समिति चौरजहारी शाखाको संयुक्त वैठकले यस्तो निर्णय गरेको हो ।

बीचमा निस्कृय रहेको चौरजहारी यातायात प्रालिमार्फत बस तथा मिनीबस संचालनमा ल्याउने र त्यसको प्रधान कार्यालय चौरजहारीमा समिति रहनेछ ।

३ वटै समिति मर्जपछि आइतबार बसेको पदाधिकारीहरूको वैठकले नयाँ समिति गठन गरेको हो ।

चौरजहारी यातायात प्रालिको तर्फबाट जितेन्द्र वुढाथोकी अध्यक्ष लोकेन्द्र वुढाथोकी वरिष्ठ उपाअध्यक्ष तेज विष्ट द्वितीय उपाध्यक्ष बालकृष्ण भाट महासचिव चुनिएका छन् । कृष्ण राणा सचिव र कुलबहादुर विष्ट कोषाध्यक्षमा चयन भएका छन ।