१ कार्तिक २०८३, आइतबार

प्रनेम इजरायलले प्रशिक्षण कार्यक्रम गर्ने

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इजरायल । प्रवासी नेपाली मञ्च (प्रनेम) इजरायलले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर प्रशिक्षण तथा भ्रमणको कार्यक्रम गर्ने भएको छ । प्रवासी नेपाली मञ्च नेकपा (एमाले) आबद्ध प्रवासी भातृ संगठन हो ।

प्रनेम आउँदो असार ९ गते अर्थात् जुन २३ तारिख शुक्रबारका दिन इजरायलको तेलभिवस्थित यशोधामाला २४ मा प्रथम वार्षिकोत्सवका साथै प्रशक्षिण कार्यक्रम गर्न लागेको प्रवासी नेपाली मञ्च इजरायलका अध्यक्ष तीर्थ गौतमले जानकारी दिए ।

कार्यक्रममा नेकपा (एमाले) की पोलिटब्यूरो सदस्य तथा प्रवास विभाग प्रमुख बिन्दा पाण्डेको प्रमुख आतिथ्यता रहने बताइएको छ ।

प्रवास विभाग प्रमुख पाण्डेले प्रवासी नेपाली कामदारको अवस्था र उनीहरुको हकहितका बारे एमालेको नीति लगायत पार्टीको अवधारणा बारे प्रशिक्षण समेत दिने अध्यक्ष गौतमले बताए ।

उनले प्रशिक्षणको भोली पल्ट २४ तारिख शनीबार इजरायलको रमणीय क्षेत्र बेतलेखेम डेडसी (मृतसागर) मा भ्रमणको कार्यक्रम रहेको बताए ।

एकवर्ष अघि गठन भएको प्रनेम इजरायल स्थापना छोटो अवधिमै इजरायलमा रहेका नेपाली श्रमिकको हकहित र उनीहरुको श्रमको रक्षाका लागि आवाज उठाउँदै आएको छ ।

आउँदा दिनहरुमा इजरायलमा रहेका नेपाली कामदारको हकहितका लागि बुलन्द रुपमा आवाज उठाउने अध्यक्ष गौतमको भनाई छ ।