काठमाडौं । बानेश्वरका २२ वर्षीय अक्षय रायमाझी ‘मिस्टर नेपाल २०१७’ घोषित भएका छन् ।
अनामनगरस्थित लिवर्टी कलेजमा बीबीएमा अध्यायनरत रायमाझीले २८ प्रतिष्पर्धीलाई पछाडि पार्दै उपाधि जितेका हुन् । मष्टकन्जेटिभ उपाधि समेत जितेका उनले अभिनयका लागि बिभिन्न अवसरका साथमा थुप्रै गिफ्ट हात पारेका छन् । रायमाझीले २०१७ मा आयोजना हुने ‘मिष्टर वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ध्रुब बुढाथोकी, आषीश ताम्राकार क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । डा. श्रीराम चन्द, अमृत दाहालले पनि विभिन्न उपहार प्राप्त गरेका छन् ।
अभिनेता रेश मरहठ्ठा, गायिका कोमल वाली, अभिनेत्री सरिता लामिछाने, खुश्बु खड्का, सन्दिप पोखरेल, नवराज श्रेष्ठ, सुनिल रावल, जगदीश्वर थापा, शैलजा आचार्य लगायत निर्णायक रहेका थिए ।
उद्योगमन्त्री नवीन्द्रराज जोसी मुख्य अतिथि रहेको सो कार्यक्रममा कलाकार किरण केसी, चलचित्र प्रेम गीतका नायक प्रदीप खड्का, निर्माता सन्तोष सेन, कलाकार रवि गिरी, पत्रकार कुबेर गिरी, श्याम अर्याल लगायत खेलकुद तथा अन्य क्षेत्रका बिभिन्न ब्यक्ति सम्मानित भए ।
१६ देखि ३५ वर्ष ननाघेका उत्साही युवाहरू सहभागी प्रतियोगितामा आधा दर्जन उप–शीर्षकमा विजेता घोषित गरिएको थियो ।
मेकओभर यादव राउत, पब्लिक च्वाइस भेषराज खत्री, मल्टिमिडिया सचिन बोगटी, भ्युयुर च्वाइस राजेश राउत, फोटो जेनिक सुजन लामा, बेष्ट ट्यालेन्ट प्रशान्त ढकाल, बेष्ट मोडल अमृत दाहाल, बेष्टवाक आषीश ताम्रकार, बेष्ट फिजिकल ध्रुब बुढाथोकी, मिष्टर स्पोट डा.श्रीराम चन्द, बेष्ट पर्सनालिटी लक्की खड्गी, बेष्ट ह्याण्डसम प्रकाश शाह, बेष्ट डान्सर नबिन श्रेष्ठ, फेसनआइकन सुजप श्रेष्ठ, क्रियटिभ ड्रेस आषीक ताम्राकार बेष्ट पफमेन्स सरिन लामा, मोष्ट चार्मिङमा सागर रिसाल घोषित भए ।















प्रतिक्रिया