१ कार्तिक २०८३, आइतबार

धमाधम मन्त्रालय बाँड्दै कांग्रेस–माओवादी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री निर्वाचनको तयारी भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रका नेताहरू मन्त्रालय भागवण्डामा लागेका छन् ।

कांग्रेसका नेता विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरले मन्त्रालय विभाजनको तयारी सुरु गरेका हुन् ।

स्रोतका अनुसार कांग्रेसले परराष्ट्र, भौतिक पूर्वाधार एवं यातायात र रक्षा मन्त्रालय लिने तयारी भएको छ । उर्जा मन्त्रालयमा माओवादी केन्द्रले दाबी गरेको छ ।

गृह मन्त्रालय माओवादी केन्द्र र अर्थ मन्त्रालय कांग्रेसले लिने समझदारी यसअघि नै भइसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिक र अन्य साना दलहरू सहभागी हुँदै छन् ।