१ कार्तिक २०८३, आइतबार

भरतपुर महानगरपालिकाः के आउला आज सर्वोच्चको निर्णय ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ जेठ । चितवनको भरतपुर महानगरपालिका १९ नम्बर वडामा चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे आज सर्वोच्च अदालतले सुनुवाई गर्दैछ ।

भरतपुर १९ मा पुनः चुनाव गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा अदालतले सुनुवाई गर्न लागेको हो । यसअघि गत जेठ २२ गते प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश चोलेन्द्रशम्सेर राणाले ‘हालको प्रक्रिया यथास्थितिमा राख्न’ आदेश दिएका थिए । सोही अनुरुप अदालतले आज दुबै पक्षलाई झिकाएर सुनुवाई गर्न लागेको हो ।

भरतपुर महानगर वडा नं १९ का वडा सदस्यका उम्मेदवार गुन्जामान विक र स्थानीय अधिवक्ता तुलसीराम पाण्डेको वारेसमा महेश्वर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा निर्वाचन आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, अनुगमन समिति संयोजक गीताप्रसाद तिम्सिनालाई विपक्षी बनाइएको छ।

साथै, रिटमा आयोगको निर्णय कानुनविपरीत भएको भन्दै खारेजीका लागि माग समेत गरिएको छ। भरतपुर महानगरपालिकाको मेयर उम्मेद्वार रेणु दाहाललाई जिताउने योजनाका साथ मतपत्र च्यातिएको र योजनाबद्ध रूपमा पुनःमतदान गराउन निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको रिटमा दाबी गरिएको छ ।