
काठमाडौँ, २१ जेठ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि निर्वाचन गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ ।
अधिवक्ता तुलसीराम पाण्डेले पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् । आयोगको निर्णय कानुनविपरीत भएको भन्दै खारेजीका लागि माग गरिएको छ ।
भरतपुरमा मतदान गराउने विषयमा दलहरुबीच विवाद चलिरहेको बेला अब यसको छिनोफानो सर्वोच्च अदालतको बलमा पुगेको छ ।















प्रतिक्रिया